"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राजनीतिक अस्थिरतासँगै उपभोग्य सामानको मूल्यवृद्धि चुलियो, व्यवसायीले आफूखुसी मूल्य तोक्न थाले

काठमाडौँ । गत कार्तिकमा भटमासको तेलको मूल्य प्रतिलिटर १ सय ५० देखि १ सय ५५ रुपैयाँ थियो । लगत्तै मूल्य बढेर १ सय ६३ रुपैयाँ पुग्यो । त्यसपछि क्रमशः बढ्दै अहिले प्रतिलिटर १ सय ९५ देखि २ सय रुपैयाँसम्म पुगेको छ । सनफ्लावर तेलको मूल्य पनि सोही दरमा अकासिएको छ ।

एक साताअघि हरियो केराउको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ थियो । अहिले १ सय २५ रुपैयाँ पुगेको छ । गत चैतमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ३ सय २० रुपैयाँ र अन्डा प्रतिक्यारेट २ सय ८० रुपैयाँ थियो । अहिले ब्रोइलरको मासु ३ सय ७५ देखि ३ सय ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । त्यस्तै अन्डाको मूल्य प्रतिक्यारेट ४ सय ५० रुपैयाँसम्म पुगेको छ । मंसिरअघि प्रतिटिपर २२ हजार रुपैयाँ पर्ने गिट्टी अहिले बढेर ३० हजार रुपैयाँ पुगेको छ । प्रतिबोरा ६ सय ५० रुपैयाँ पर्ने सिमेन्टको मूल्य बढेर ७ सय, प्रतिकिलो ५७ देखि ६२ रुपैयाँ पर्ने डन्डी बढेर ८५ देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ ।

मूल्य बढ्नुको खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् । खुद्रा व्यापार संघका अनुसार खानेतेलको मूल्य बढ्नुमा खास कारण नभए पनि आयातकर्ता र मिल सञ्चालकले अन्तर्राष्ट्रिय बजारमा बढेको बताउँदै मूल्यमा मनपरी गरेका छन् । पर्याप्त मात्रामा उत्पादन नभएको र माग बढेको जनाउँदै मासु र अन्डाको मूल्य बढाइएको छ ।

बजारभाउ नियन्त्रण गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । बजार अराजक हुँदासमेत विभागले बजारभाउ नियन्त्रण गर्न सकेको छैन ।

२०७७ पुस २७ गते सोमवार १२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु