२४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या १९ सय ३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमाच नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३२ जनामा गरिएको पीसीआर परीक्षणमा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । हाल ५ हजार ५८ जना सक्रिय संक्रमित छन्।
यसैगरी, आज थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ४८३ जना उपचारपछि निको भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको मन्त्रालयले जनाएको छ।
२०७७ पुस २३ गते बिहीवार १६:३९ बजे प्रकाशित