६ हजार ७०६ जनाको पीसीआर गर्दा ४ सय ९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको अनुसार २४ घण्टामा ६ हजार ७०६ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।
त्यसैगरी २४ घण्टामा ४९५ जना निको भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ ।
२४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९९ रहेको छ ।
यस्तै काठमाडौं उपत्यकामा २३३ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जना कोरोना संक्रमित देखिएका छन् ।
२०७७ पुस २२ गते बुधवार १७:१९ बजे प्रकाशित