"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पछिल्लो २४ घण्टामा ५२२ मा कोरोना, थप ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ।

त्यस्तै ५ सय ७८ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९३ पुगेको छ।

२०७७ पुस २१ गते मंगलवार १७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु