"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

थप ४०३ मा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १८ सय ८५ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी थपिएकासहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ सय ९४ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८५ पुगेको छ।

२०७७ पुस २० गते सोमवार १६:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु