"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पछिल्लो २४ घण्टामा थप ४१९ मा कोरोना, ७५० जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय १९ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी थपिएकासहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ सय ५० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको छ।

त्यस्तै, मन्त्रालयका अनुसार संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ७० पुगेको छ।

२०७७ पुस १८ गते शनिवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु