पछिल्लो २४ घण्टामा ५२२५ मा पिसिआर गर्दा ४२६ लाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय २६ मा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ जनामा पिसिआर परीक्षण गर्दा थप ४ सय २६ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ सय ४८ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ६४ पुगेको छ।
२०७७ पुस १७ गते शुक्रवार १६:०७ बजे प्रकाशित