"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

६ हजार पीसीआर परीक्षण्मा ५३४ कोरोना पुष्टि, सबैभन्दा बढि संक्रमित उपत्यकामा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको अनुसार २४ घण्टामा ६००० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३२ हजार ४७७ पीसीआर परीक्षण भएका छन् ।

यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ छ भने क्वारेन्टाइनमा ३६२ जना रहेका छन् ।

त्यस्तै २४ घण्टामा ४४७ जना निको भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ९ को मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८५६ रहेको छ ।

साथै काठमाडौं उपत्यकामा २४७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना कोरोना संक्रमित देखिएका छन् ।

२०७७ पुस १६ गते बिहीवार १७:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु