"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

२४ घण्टाको अवधिमा थप ५११ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २४ घण्टामा ५ हजार ११० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख २६ हजार ४७७ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३०० छ भने क्वारेन्टाइनमा ३६२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ६०० जना निको भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४७ रहेको छ ।

२०७७ पुस १५ गते बुधवार १६:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु