"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

देशैभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९७९ पुग्यो, २ लाख ४६ हजार ६६१ निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९५२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६५५९ जनामा कोरोना परीक्षण गरिएको छ।

२०७७ पुस ८ गते बुधवार १६:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु