"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर, कारबाहीका लागि अख्तियारलाई पत्राचार गर्ने

काठमाडौं । स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने सार्वजनिक लेखा समितिले निर्णय गरेको छ । खरिद पक्रिया नियमसंगत नभएको टुंगोमा समिति पुगेको समितिका सचिव रोजनाथ पाण्डेले बताए ।

उनले भने, ‘आज माननीय मन्त्रीसँग विभिन्न कोणबाट छलफल भयो। माननीय सदस्यहरूले पनि स्वास्थ्य उपकरण र औषधि खरिदसँग सम्बन्धित कोभिड-१९ सँग जोडिएको मुद्दामा विगत २०७६ सालको चैत महिनामा भएको खरिद प्रक्रियाको सन्दर्भमा विचार विमर्स गर्ने क्रममा समिति के निष्कर्षमा पुग्यो भने यो खरिद प्रक्रिया पूर्ण रूपमा नियमसंगत नभएको कारणले र यसमा विभिन्न पदाधिकारीहरूको संलग्न हुनुहुन्छ। उहाँहरू दोषी हुनुहुन्छ। दोषी करार गर्ने अवस्था सिर्जना भएको हुनाले यसको थप छानबिन गरेर को-को दोषी हुनुहुन्छ, कस-कसले अनियमितता गर्नुभएको छ त्यो कुरा पहिचान गरेर कानूनी कारबाही गर्नको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई लेखी पाउने गरी निर्णय भएको छ। त्यो निर्देशन समितिको तर्फबाट आयोगलाई पठाउने छौं र त्यसको अनुसन्धान अगाडि बढ्छ भन्ने हामीलाई लाग्छ।’

२०७७ पुस ३ गते शुक्रवार १७:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु