थप ७८२ मा कोरोना पुष्टि: १०२९ निको भए, १६ जनाको मृत्यु
![image image](https://www.upabhoktanepal.com/wp-content/uploads/2020/08/111270422_coronavirus-reuters.jpg)
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएका सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ। पछिल्लो २४ घण्टामा ५७०६ जनामा पिसिआर परीक्षण गरिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १०२९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ६५ पुगेको छ।
२०७७ पुस ३ गते शुक्रवार १६:११ बजे प्रकाशित