भोलिदेखि सवारीमा जोरबिजोर प्रणाली हट्ने
काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले सवारीमा लगाइएको जोरबिजोर प्रणाली हटाएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो।
जोरबिजोर हटाउनुअघि तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को संयुक्त बैठक बसेको थियो । तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्तरूपमा निर्णय गर्दै निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर भोलिदेखि लागू हुनेगरी हटाएका हुन् ।
कोरोना महामारीको कारण देखाउँदै गत भदौ ३ गतेदेखि अत्यावश्यक सेवा बाहेकमा लगाइएको निधेषाज्ञा असोज १ बाट हटाइएको थियो तर त्यसपछि भने उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बाहेकका सवारीमा जोरबिजोर लगाइएको थियो ।
२०७७ पुस २ गते बिहीवार १५:०१ बजे प्रकाशित