"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पछिल्लो २४ घण्टामा थप ७३६ लाई कोरोना, १३ को मृत्यु

काठमाडौँ । २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म २ लाख ५० हजार ९ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

२४ घण्टामा ५ हजार ५ सय ५५ पीसीआर परीक्षण भएका छन् । देशभरि सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ छ । क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ५२ रहेको छ ।

२४ घण्टामा ८ सय ४७ जना कोरोनामुक्त भएका छन् । यो सगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ३९ हजार ४ सय १६ जना घर फर्किसकेका छन् ।

त्यसैगरी २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संंक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको छ ।

२०७७ पुस १ गते बुधवार १६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु