"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

पछिल्लो २४ घण्टामा थप ८२१ लाई कोरोना पुष्टि, १८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय १६ पुगेको छ।

२०७७ मंसिर २९ गते सोमवार १६:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु