"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

२४ घण्टामा ८ सय ३० जनामा कोरोना पुष्टि, १५ सय डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ३० जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १५ सय जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।

सक्रिय संक्रमित १० हजार ९ सय ९४ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख ३१ हजार ४१ भएको छ । देशभर ५ सय १६ जना क्वारेन्टीनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ९८ पुगेको छ ।

२०७७ मंसिर २८ गते आइतवार १६:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु