"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कोरोना संक्रमितको संख्या घट्दै : आज ८९९ मा पुष्टि, १५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ८९ पुगेको छ।

२०७७ मंसिर २७ गते शनिवार १६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु