"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

थप १ हजार ४४ मा कोरोना: १ हजार २७१ निको भए, ११ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।

२४ घण्टामा ७ हजार ४ सय १४ पीसीआर परीक्षण भएका छन् । हालसम्म १८ लाख २० हजार ८ सय १८ पीसीआर परीक्षण भएका मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५ सय १९ जना छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ७४ पुगेको छ ।

२०७७ मंसिर २६ गते शुक्रवार १६:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु