१२ सय १७ जनामा कोरोना, १ हजार ६४ जना निको भए, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १०६४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ हजार २३२ जनाको पिसिआर गरिएको छ। अहिलेसम्म निको हुनेको दर ९४। २ प्रतिशत रहेको छ।
२०७७ मंसिर २५ गते बिहीवार १६:२५ बजे प्रकाशित