थप १ हजार ५६ मा कोरोना पुष्टिः १ सय ४८३ निको भए, १४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४८३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६५१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर गरिएको छ।
२०७७ मंसिर २४ गते बुधवार १६:२१ बजे प्रकाशित