"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

थप १३ सय ८० मा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार यो थपिएकासहित नेपालमा २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, ५ सय १५ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। यो सहित २ लाख ११ हजार १ सय ८६ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म यसको संक्रमणबाट एक हजार ४ सय ५४ जनाले ज्यान गुमाएका छन्।

२०७७ मंसिर १३ गते शनिवार १७:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु