२४ घण्टामा थप १७०३ लाई कोरोना : २३ जनाको मृत्यु, १२३६ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार आज थपिएका सँगै अहिलेसम्म नेपालमा २ लाख २९ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ। साथै १ हजार ४ सय ३५ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।
त्यस्तै अहिलेसम्म २ लाख ९ हजार ४ सय ३५ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।
त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ४ सय ३५ जनाले ज्यान गुमाएका छन्।
२०७७ मंसिर १२ गते शुक्रवार १६:५१ बजे प्रकाशित