"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

थप १६ सय १४ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

यसैगरी बिहिबार कोरोनामुक्त भएर १४ सय ३७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ७ सय ९३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

२०७७ मंसिर ११ गते बिहीवार १६:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु