थप १९ सय ४८ मा कोरोना पुष्टि, ३ हजार १४० जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । साथै ३ हजार १ सय ४० जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा २ लाख २६ हजार २६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७ हजार ९ सय ९८ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।
त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय ८९ जनाले ज्यान गुमाएका छन्।
२०७७ मंसिर १० गते बुधवार १६:४२ बजे प्रकाशित