"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पछिल्लो २४ घण्टामा थप १७ सय ९० जनालाई कोरोना, २४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । साथै २ हजार ७ सय ९१ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

अहिलेसम्म ने भने २ लाख ४ हजार ८ सय ५८ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय ६१ जनाले ज्यान गुमाएका छन्।

२०७७ मंसिर ९ गते मंगलवार १६:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु