"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

पछिल्लो २४ घण्टामा थप १९ सय ८० मा कोरोना संक्रमण, ३०४३ भए निको

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सहित २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । साथै ३ हजार ४३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

२ लाख २ हजार ६७ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय ३७ जनाले ज्यान गुमाएका छन्।

२०७७ मंसिर ८ गते सोमवार १६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु