"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

२४ घण्टाको अवधिमा १६६९ मा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार योसहित नेपालमा २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै पाँच हजार ६ सय ९९ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

एक लाख ९९ हजार २४ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय २१ जनाले ज्यान गुमाएका छन्।

२०७७ मंसिर ७ गते आइतवार १६:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु