"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

थप १९ सय ४५ मा कोरोना पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप एक हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार यी सहित नेपालमा २ लाख १६ हजार ९ सय ६५ जनामा संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएका छन्। साथै पाँच हजार ३ सय ६४ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

एक लाख ९१ हजार २ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट एक हजार २ सय ९८ जनाको मृत्यु भएको छ ।

२०७७ मंसिर ५ गते शुक्रवार १६:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु