"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौँ । २४ घण्टामा विभिन्‍न जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ जना पुगेको छ ।

२४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ७९८ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ९ हजार ७७६ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी कोरोना संक्रमण निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार १२५ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २१ जना रहेका छन् ।

२०७७ कात्तिक ३० गते आइतवार १६:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु