"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

थप १९४६ मा कोरोना पुष्टि, १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार योसँगै संक्रमितको संख्या दुई लाख ८ हजार २९९ पुगेको छ।

त्यस्तै, संक्रमणबाट २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्।

२०७७ कात्तिक २९ गते शनिवार १६:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु