थप २१ सय ११ जनामा कोरोना पुष्टि, ३५ सय ३७ डिस्चार्ज
![image image](https://www.upabhoktanepal.com/wp-content/uploads/2020/08/111270422_coronavirus-reuters.jpg)
काठमाडौँ । पछिल्लो २४ घन्टामा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।
हालसम्म पीसीआर विधिबाट १५ लाख ९३ हजार ८ सय ५० परीक्षणहरु गरिएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३५ सय ३७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ८६ जना रहेका छन् ।
२०७७ कात्तिक २८ गते शुक्रवार १७:४५ बजे प्रकाशित