"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१, थप १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २३ सय ४९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ ।

२०७७ कात्तिक २७ गते बिहीवार १६:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु