नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, आज कति थपिए ?

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २३ सय २९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६ सय ६६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ ।
२०७७ कात्तिक २६ गते बुधवार १७:०७ बजे प्रकाशित