शुक्रबार २ हजार ९०९ जनामा कोरोना पुष्टि, ४ हजार ५ सय निको भए
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भइ घर फर्केका छन्। यो सँगै निको हुनेको संख्या एक लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर शुक्रबार थप १८ जना मृतकमा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७०पुगेको छ
हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको मन्त्रालयले जनाएको छ। १५ लाख १७ हजार बढीको पिसिआर परीक्षण भएको छ।
२०७७ कात्तिक २१ गते शुक्रवार १७:१४ बजे प्रकाशित