"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपत्यकामा १६ सय २२ सहित थप २ हजार ९३३ मा कोरोना पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ५२४ छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९ हजार ८१२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार ४४६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ११९ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अनुसार काठमाडौंमा १३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ कोरोना संक्रमित थपिएका हुन् ।

२०७७ कात्तिक १७ गते सोमवार १७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु