आइतबार थप २ हजार ८२४ मा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २३ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयले आइतबार आयोजना गरेको कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमको अनुसार योसँगै मृत्यु हुनेको संख्या ९६० पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ६ सय २० जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ३४ हजार ८ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ। निको हुनेको दर ७७ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा संक्रमण भएको हो।
योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ।
२०७७ कात्तिक १६ गते आइतवार १७:५९ बजे प्रकाशित