"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरोना संक्रमितको उपचारमा धरौटी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिई कोरानाका बिरामीको उपचार गर्न निर्देशन दिएको छ ।

आइतबार मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धरौटी सम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टिकरण सोधिएको बताए ।

सक्नेसँग शुल्क लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने निर्णय यथावत रहेको दाबी गरे ।

सरकारले कात्तिक २ गतेदेखि लागू हुने गरी कोरोना उपचार र परीक्षणका लागि आफैं शुल्क व्यहोर्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो । यो निर्णय पश्चात सरकारी अस्पतालहरुले धरौटी शुल्कसहितको सूचना प्रकाशित गरेका थिए ।

२०७७ कात्तिक १६ गते आइतवार १७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु