उपत्यकामा १३५७ सहित २ हजार ५०८ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु
काठमाडौं । नेपालमा शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट शनिबार १७ जनाले ज्यान गुमाएका छन्। योसहित मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।
त्यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १३५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६९९ र ललितपुरमा ८ हजार ७९४ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा देशभर भने २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार २७९ जनाको पीसीआर परीक्षण भएको हो ।
यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त बनेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।
यस्तै हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३८ हजार ५८४ जना रहेका छन् । हाल मनाङ, मुस्ताङ र बाजुरामा कोरोना संक्रमित रहेका छैनन् ।
२०७७ कात्तिक १५ गते शनिवार १७:३८ बजे प्रकाशित