उपत्यकामा १६१५ सहित देशभर २ हजार ३६४ संक्रमित थपिए, १७ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार कोरोना संक्रमित भने २ हजार ३६४ जना थपिएका छन् । हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरी ९ सय ४ जनाको मृत्यु भएको बिहीबार जानकारी दिएको हो । मन्त्रालयको वेबसाइट अनुसार पछिल्लो २४ घण्टामा थप १७ को मृत्यु भएको छ ।
त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ ।
२०७७ कात्तिक १३ गते बिहीवार १६:५२ बजे प्रकाशित