उपत्यकामा २ हजार ७२० सहित ४ हजार ४९९ जनामा कोरोना संक्रमण, थप १७ को मृत्यु
काठमाडौँ । शुक्रबार देशैभर थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको बताएका छन् ।यो सँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् । थपिने संक्रमितमा १ हजार ९२ महिला र १ हजार ६ सय २८ पुरुष छन् ।
संक्रमित हुनेमा काठमाडौंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ र ललितपुरमा २ सय २६ नयाँ संक्रमित थपिएका हुन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।
२४ घण्टामा जम्मा १६ हजार ८ सय ६३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ५९० जना रहेका छन् ।
२०७७ कात्तिक ७ गते शुक्रवार १६:५७ बजे प्रकाशित