"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

२४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण , २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍ जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।

त्यस्तै यस अवधिमा २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ।

थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।

पछिल्लो २४ घण्टामा २० हजार बढीको पिसिआर परीक्षण गरिएको हो।

२०७७ कात्तिक ५ गते बुधवार १६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु