"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ३९ हजार १२९ संक्रमितको संख्या पुगेको जनाए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२० जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ८ सय बढीको पिसिआर परीक्षण गरिएको हो।

२०७७ कात्तिक ४ गते मंगलवार १७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु