"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपत्यकामा १ हजार ६९८ जनासहित देशैभर २९ सय ४२ जनामा कोरोना संक्रमण, थप १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा २९ सय ४२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

२४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता गौतमले २४ घण्टामा २३ सय २६ जना डिस्चार्ज भएको जानकारी दिए ।

उपत्यकामा १ हजार ६९८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै १ हजार ६९८ जना संक्रमित भएका स्वास्थ्य मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा तमले दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना संक्रमित भए ।

पछिल्लो २४ घण्टाको अवधिमा देशैभर थप १२ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।
प्रवक्ता जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।

२०७७ कात्तिक २ गते आइतवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु