उपत्यकामा १९३५ जनासहित देशभर ३ हजार ७४९ मा कोरोना पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका छन्।
प्रवक्ता डा गौतमका अनुसार यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७४५ पुगेको उनले बताए।
बिहिबार कोरोनाबाट ३ हजार ५६४ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण गरिएको हो।
अहिले देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन्।
बिहीबार कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ।
२०७७ असोज २९ गते बिहीवार १७:०० बजे प्रकाशित