उपत्यकामा १४०३ जना सहित देशभर २६३८ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नयाँ १ हजार ४०३ कोरोना संक्रमित देखिएका छन् ।
काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मुलुकभर २४ घण्टामा २ हजार ६३८ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै २ हजार १७४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ ।
त्यस्तै बुधबार १२ जनाको कोरोना कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ जनाको पीसीआर भएकामा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ ।
२०७७ असोज २८ गते बुधवार १६:५५ बजे प्रकाशित