"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मंगलबार ३ हजार ५५६ जनामा कोरोनाः देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मंगलबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

त्यस्तै म‌गलबार काठमाडौं उपत्यकामा थप २ हजार १ सय २९ जना कोरोना संक्रमित देखिएका छन् ।

काठमाडौंमा १ हजार ७४६ , ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना संक्रमित देखिएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार ५०३ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।

अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ। मंगलबार थप १८ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा जम्मा १५ हजार ५७७ पीसीआर परीक्षण भएका छन् ।

देशभर भने मंगलबार ३ हजार ५५६ जना संक्रमित थपिएका छन् । यस अनुसार देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७८० पुगेको छ ।

२०७७ असोज २७ गते मंगलवार १८:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु