"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आइतबार २०७१ जना संक्रमित थपिए, थप २२ जनाको मृत्यु

काठमाडौ‌ । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ।

त्यस्तै यस दिन १ हजर ५५२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट ७५ हजार ८०४ जना निको भएको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ।

आइतबार थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

२०७७ असोज २५ गते आइतवार १७:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु