"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

गत २४ घण्टामा १५५९ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको सङ्ख्या ४९८ पुग्यो

काठमाडौं । गत २४ घण्टामा एक हजार ५५९ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५७ रहेको जानकारी दिए।

हालसम्म देशभरि जम्मा उपचाररत सङ्क्रमितहरुको सङ्ख्या २० हजार ८९१ छ । संस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिको सङ्ख्या १० हजार ८७ छ । यसमा प्रदेश १ मा ३५६, प्रदेश २ मा ६१६, बाग्मती प्रदेशमा सात हजार ६३, गण्डकी प्रदेशमा ४८१, प्रदेश ५ मा ८७७, कर्णाली प्रदेशमा ३३५ र सुदूरपश्चिम प्रदेशमा ३५९ जना हुनुहुन्छ । प्रवक्ता गौतमका अनुसार होमआइसालेशनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या प्रदेश १ मा एक हजार ५०५, प्रदेश २ मा ५७७, बाग्मती प्रदेशमा छ हजार ५५५, गण्डकी प्रदेशमा ४८९, प्रदेश ५ मा एक हजार २६५, कर्णाली प्रदेशमा २६५, सुदूरपश्चिम प्रदेशमा १४८ जना गरी जम्मा १० हजार ८०४ जना रहेको छ ।

विगत २४ घण्टामा गरिएको पिसीआर परीक्षण १२ हजार २०५ मा गरिएको छ । त्यो सँगै हालसम्म १० लाख २१ हजार ५०३ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या पाँच हजार ४२८ छ । प्रदेश अनसार प्रदेश १ मा ५५६, प्रदेश २ मा १५७, बाग्मती प्रदेशमा ५००, गण्डकी प्रदेशमा ६४१, प्रदेश ५ मा एक हजार १९७, कर्णाली प्रदेशमा ६८९ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६८८ जना छन् ।

सङ्क्रमण मुक्त भई हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार ४२८ जना रहेको छ । प्रदेश १ बाट पाँच हजार ९४, प्रदेश २ बाट १३ हजार ७३९, बाग्मती प्रदेशबाट १५ हजार ७०५, गण्डकी प्रदेशबाट तीन हजार ३४८, प्रदेश ५ बाट आठ हजार ७५९, कर्णाली प्रदेशबाट दुई हजार ९१५, सुदूरपश्चिम प्रदेशबाट छ हजार ८६८ जना हुनुहुन्छ । कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७२.५ प्रतिशत छ । देशैभरि आइसियुमा उपचाररत बिरामीको सङ्ख्या २०१ हुनुहुन्छ । भेन्टिलेटरमा उपचारत सङ्ख्या जम्मा ३० रहेको छ । कोभिड–१९ बाट सातजनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९८ पुगेको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लाहरुमा मोरङ, सिरहा, सुनसरी, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही गरी आठ जिल्ला छन् । कोभिड–१९ शून्य भएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु रहेका छन् । विश्वमा हालसम्मको तथ्याङ्क हेर्दा तीन करोड ३८ लाख ५२ हजार ४८ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । त्यसमा निको हुनेको सङ्ख्या दुई करोड ५१ लाख ५७ हजार ६६० रहेको छ ।

२०७७ असोज १४ गते बुधवार १९:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु