"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चाडपर्व नजिकिदै गर्दा व्यापारीले ठग्न थाले उपभोक्ता, दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य

काठमाडौं । दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् ।

व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने गरेका छन् भने गेडागुडीमा प्रतिकेजी प्रतिकेजी १० देखि १५ रुपैयाँमा बढी रुपैयाँ लिने गरेका छन् ।

एक साताअघि मात्र १५ देखि २० रुपैयाँ सस्तोमा दैनिक खाद्यवस्तु दसैं नजिक आउन थालेपछि व्यापारीले प्रतिकेजी १० रुपैयाँ २० रुपैयाँ बढी मूल्य लिने गरेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता अधिकारकर्मिहरुले सरकारी निकायको बजार अनुगमन सयन्त्र कमजोर हुँदा व्यापारीले त्यसको फाइदा लिएको बताए । उनले दसैं नजिकिन थालेपछि व्यापारीले उपभोक्तालाई हेरेर मनपरी मूल्य लिने गरेको बताए ।

दैनिक उपभोग्य खाद्य वस्तु दाल गुडागुडी खाने तेल हरियो तरकारीमा अत्यधिक मूल्य बढाएर व्यापारीले उपभोक्तालाई ठग्ने काम भइरहेको छ । उपभोक्ताकर्मिहरु भन्छन् ‘हप्ता दिनअघि भन्दा खाने तेल प्रतिलिटर २० रुपैयाँ महँगो भएको छ । सबै दाल गुडागुडीमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढेको छ । हरियो तरकारीमा प्रतिकेजी दोब्बर रुपैयाँ बढी लिइरहेका छन् ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाने तेलको मूल्य बढेको बताए । उनले अन्य दाल गुडागुडीको मूल्यमा केही तलमाथि भएपनि नबढेको बताए । उनले खाने तेलमा भने प्रतिपोका तेलमा १५ देखि २० रुपैयाँसम्म बढेको जानकारी दिए ।

त्यसकारणले पनि हरेक चाडपर्वमा ठूला व्यापारीले दैनिक उपभोग्य खाद्यवस्तुमा मूल्य बढाउने गर्छन् । ठूला व्यापारीले गरेको कालोबजारीको दोषी साना खुद्रा व्यापारी हुन्छ । सरकारी निकायले गर्ने बजार अनुगमन नै प्रभावकारी नहुँदा त्यसको फाइदा ठूला व्यापारीले लिएको उपभोक्ताको गुनासो छ ।

२०७७ असोज १४ गते बुधवार ०९:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु