"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

थप ९ वटा स्यानिटाइजरलाई उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध, प्रयोग नगर्न आग्रह

काठमाडौं । औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजरलाई उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । स्यानिटाइजरमा विषाक्त रसायन मिथानेल भेटिएपछि प्रतिबन्ध विभागले लगाएको हो । इन्स्टायान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६ विपरित मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त रसायन मिथानेल राखिएको र प्रतिबन्ध लगाइएका स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण रोक्न विभागले सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर, शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौँको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर पनि प्रतिबन्ध लगाएको हो ।

औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएका स्यानिटाइजर हालसम्म १८ पुगेको छ ।

२०७७ असोज १२ गते सोमवार १२:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु